Skip to main content
असमर्थता --- Bikash Roka Magar
असमर्थता :-
खासमा त म -
तिमीलाई लेख्न बसेको थिएँ - कवितामा ।
तर खै किन हो ?
फूलको अनुहार याद आयो ।
कहिले जुनको याद आयो ।
कहिले कहिले अदृश्य परिहरू आए ।
खोजूँ भनेको -
कहिले दिलमा आयौ ।
कहिले सोंचमा आयौ ।
कहिले कहिले सपनामा मात्र आयौ ।
उस्तै राम्री / उस्तै प्रेमील -
तिम्रो ठिक सक्कलको नक्कल कहिँकतै लेख्न सकिन ।
तिमी त सबथोक जस्तो रहिछौ यार ।
खासमा त म -
तिमीलाई लेख्न बसेको थिएँ - कवितामा ।
Comments
Post a Comment