*कविता*--राई साहिला

*कविता*
सदियौ देखि 
फूल,नैवेद र दुधको प्रसाद चढाइरहेको ईश्वरलाई ,
आज मैले एक बोतल रक्सी चढाए
उस्ले मेरो नयाँ प्रसाद खुशीसाथ ग्रहण गर्यो
श्रद्धाले उस्को सामु शिर झुकाएर फर्किन लाग्दा
ईश्वरले एउटा् वाक्य बोल्यो ,
हे मनुष्य , तिमिले पुज्ने ईश्वर मरिसकेको छ
मैले सोचे ईश्वरलाई रक्सी लागेछ ।
राई साहिला
२०७२/०२/२८

Comments