कविता ---अर्पण उत्कर्ष

अगिल्तिर ,
एक सडक बालकको
खल्तिबाट कागज जस्तै आकृतिको एउटा चिर्कट्टो खस्यो
मैले कौतुहल्ताको बाबजुत नियांलेर हेरे ,
खाली पन्नाको टुक्रा रहेछ !
तेइ टुक्रा
मन्दिर मा लगेर इश्वर लाई के चडायथे !
प्रफुल्लित हुँदै कुख्यात इश्वर ले
" जिदगी " लेख्ने सिफारिस गरिदिइन ।
फेरि तेइ टुक्रा
झुपडि संग जिन्दगी साट्दै गरेका
एउटि आमालाइ देखाइयो ,
आमाले हेरे
धेरै बेर नियालेर हेरे ,
केही बर्ष पहिले जंगल पसेर
कहिलै नफर्केका
आफ्नै छोरोको आकृती भेटाइन सायद
अनि,
भाग्य लेख्ने सिफारिस गरिन होलि मन मनै
किनकी आमा
शिक्षित युग को निरक्षर इस्वर हुन ।
- अर्पन मोक्तान

Comments