सफर---Mahesh Bajgain

कविता शिर्षक:-
सफर ******** जहाँबाट रहर लाग्दो जिन्दगीका डरलाग्दा कहरहरू सुरु भए माटोले बनेको घरको माथिल्लो तलाबाट छोरीका आँखाहरू बगिरहे हिउँदको भेलले बैनीको सिउँदो पखालेर लग्यो म चुपचाप हेरिरहेँ सनेका सय जडा सोचेर दैबका कोर्रापनि सहिरहेँ एक महिना अघिदेखी पेन्सिल मागीरहेको छोरालाई बजारबाट पेन्सिल किनेर फर्कदा घरमा ऊ कुपोषणले मर्यो बालाई बाढीले बगाएर लग्यो रोगी आमाको औषधीको अबधी सकियो स्वास्नीले सिमलको बोटमा दुपट्टाको पासो थापी सब गए शब बनेर गए अब त एउटा बृद्ध घर र मरेर पनि बाचीरहेको गाउँमात्र बाकी छ मैले पनि सबथोक छोडेर जवान बेरोजगार सर्टिफिकेटहरुलाई रोजगार दिन्छु भनेर हिमाल जत्रा घरहरुलाई नाघेर गए ठू...लो रा...तो जहाजमा रा....ता सपनाहरू बोकेर फर्किन त म त्यही बाटो भएर फर्किएर आएँ तर घर पुगेपछि थाह पाएँ मैले आफ्नो जवानी सँगसँगै आफ्नो जिन्दगी पनि छाडेर आएँ सब ल्याएर आएँ सेतो बाकसभित्र शब ल्याएर आएँ///// ******* @महेश बजगाई कीर्तिपुर

Comments