अन्तरध्यान - कविता
घरि .. हाँसेको
घरि .. लजाएको ..
यसलाई भुलाउनको लागि
हरदम प्रयास मा
छटपटि र पिडाहरु नै
जिवनको एउटा पाटो भैसक्यो !
मेरो जिवनको एकमात्र नाशो ..प्रेम !
त्यहि पाटो बेला बेला
उघ्र भएर आउछ !
कति मिठो त्यो प्रेम ,
अनि ति भावनाहरु !
जानु मन लाग्छ त्यहि अतित ,
त्यहि हँसिलो ,
त्यहि लाजाउदो प्रेम नजिक !
तर मुटुको यो सानो अलापलाई
मगजले बिलाप देखाईदिन्छ !
यो बिहानको सिरेठोले
न्यानोपन डाकिरहेको छ !
आँखा बन्द हुँदा पनि
देखिरहन्छ उसैको चित्रण !
अन्तर्ध्यानमा उसैको अनुहार ,
उसैका हर्कतहरु ,
गालि गरेको अनुहार ,
रिसाउदा खुम्चिने ति निधार ,
चिया पिएपछी लेप्राउने ओँठ ,
बोल्दा चल्मलाउने गाला !
अनि घरि घरि मलाई हेर्दै
बिपरित दिशातिर हेरिरहेका आँखाहरु !
बन्द आँखाबाट खसिरहे आँशुहरु
" टप्लक ... टप्लक "
आँशु झरेपनि उस्को चित्रण पखालिएका छैनन् !
उ मेरै मगजमा नाचिरहेकी हुन्छे !
उस्लाई अन्तरध्यान बाट नै नियालिरहेँ !
आँशु झर्दै गयो ,
गाला च्याप च्याप भईरह्यो !
बर्षाले धर्तिमा गरेको मेलमा
छरिएको माटोको मिठो बासना जस्तै
मेरा आँशु पनि ठिक त्यस्तै गालामा
मिठो बासना दिदै छ !
Comments
Post a Comment