'ओ बाहुनी'-- Suraj Raanaa




कबिता 'ओ बाहुनी' ओ बाहुनी! तेरो र मेरो जात मिल्दैन ओ बाहुनी! तेरो र मेरो धर्म मिल्दैन रुपरङ्ग र कद पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो मन कत्ती मिलेको? इतिहासमा तेरो इतिहासको चुच्चो नाकले मेरो नेप्टो इतिहासलाइ घोच्यो होला समयको पिरामिड अग्लिदै जादा मेरो चिम्से आखाले तेरो समुदाय बिरुद्ध रक्तिम सपना देख्यो होला समाज र प्रकृतिले तलाइ र मलाइ फरक बनाउने दुचेस्ठा गर्यो ओ बाहुनी! तेरो र मेरो भासा मिल्दैन ओ बाहुनी! तेरो र मेरो शैली मिल्दैन ढाचा र लवज पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो प्रणय कत्ती मिलेको? जिदगिको धरातलमा उभिएर जिउने अभ्यास गर्दै जादा परिवेसको अनुकुलता/ प्रतिकुलतामा भलै तैले अर्कै देवता पुजिस भलै मैले अर्कै देवता पुजे तर तैले मन्दिरमा गएर मलाइ नै मागिस जसरी मैले मेरो देवथानमा तलाइ मागे ओ बाहुनी! तेरो र मेरो भगवान मिल्दैन ओ बाहुनी! तेरो र मेरो सस्कार मिल्दैन रित र परम्परा पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो आत्मा कत्ती मिलेको? तलाइ मन पर्ने सदभावना, सहिस्णुता, मानबता सभ्यता, एकता, शिस्टाचार मलाइ पनि मन पर्छ मलाइ मन नपर्ने दमन, विभेद, अत्याचार हिङ्सा, अन्याय, भेदभाब तलाइ पनि मन पर्दैन तलाइ सबै भन्दा बढी मन पर्ने म मलाइ सबै भन्दा बढी मन पर्ने त ओ बाहुनी! तेरो र मेरो बर्ग मिल्दैन ओ बाहुनी! तेरो र मेरो समुदाय मिल्दैन कुल र गोत्र पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो चाहाना कत्ती मिलेको? ओ बाहुनी! अब समाज र दुनियाको नियम तोडेर भगवानहरुलाइ खुल्ला चुनौती दिदै त निर्धक्क भएर मेरो अङ्गालोमा आइज तेरो र मेरो सङ्सर्ग बाट जन्माइ दिउ मानबिय सिद्धान्त भएको एउटा समुन्नत समाज ।

Comments