---ढुङ्गाहरु---रसिक राज

ढुङ्गाहरु
****
ढुङ्गाहरु त्यति खेर सुन्दर हुन्छन् जब ढुङ्गा हुन्छन्।
तर
ढुङ्गाहरु लाई जब रहर हुन्छ - ढुङ्गा पहाड हुन्छन्।
लेउ सँग प्रेम गर्छन् र बनाउछ माटो र हामीलाई धरातल दिन्छन्
ढुङगाहर आफू खिईन्छन् र प्रेमको चौतारी बन्छन्
जहाँ बसेर जिन्दगील अक्सर बढेसकालमा सुनाउछ आफुले भोगेको समय।
ढुङ्गाहर बर्खामा तिनपाते खेतमा छोरीको शिरमाथी पानी पर्दा छाता बनेका बाबा अौलाहरु जस्तो भएर घरको माथी बसछन्र भोरोसा दिन्छन् एक जिन्दगी त रुझ्नु पर्दैन अब भनेर।
ढुङ्गा हिम्मतीलो छाती बनेर बस्छ दसगजामा र दिन्छ हरेक सुस्केराहरुलाई देश-मानौ जसरी कुनै प्राकर्मी राजा आफ्ना रहेक जन्तालाई एक्लो हुन दिदैन।
ढुङ्गाहरु आफ्ना छातीहरु फिजाएर गोरेटो बन्छन्-जहाँ बाट हिडेर कुनै टुहुरो सिंगाने बालकले एकदिन जुन टिप्ने छ र जित्ने छ जगत।
मानौ ढुङ्गाले त बनाएको हो शरिरलाई- सिकन्दर।
नदेखे पछि आशाको कुनै जादुयी टापु-जिन्दगी धरमाउछ-त्यसैले ढुङ्गाहरु बगर बन्छ र दिन्छ माझीहरु लाई घर।
ढुङ्गाहरु आफू सिलौटो बनेर पिसिन्सिछन् निरन्तर जिब्रोको लागि-मानौ जसरी पहाड खिईन्छ खोलाका लागि ताकी खोलाहरुको बैँस खिलखिलाई रहोस।
हो ढुङ्गाहरु अलौकीक हुन्छन्
तर जब ढुङ्गाहरु मान्छे बनिदिन्छन् तब बेहद कुरुप हुन्छन्।

ढुङ्गाहरु मायावी हुन्छन् मानौ उनिहरुले जानेका छन् साईन्स ले नजानेका कुरा -पृथी भन्दा परका कुरा र एकाकए मुर्ति बनिदिन्छन् र जन्माउछन् धर्म।
ढुङ्गाहरु भाग्दै गर्दा लागेका गोली देखाएर बहादुर बनिदिन्छन् र बस्तिको बिचमा सुरक्षित सालिक बनेर बसिदिन्छन्।
ढुङ्गाहरु समाज बनिदिन्छन् हामी बस्ने जस्तै
मस्तिष्क भित्रको मानसिक्ता बनिदिन्छ हाम्रो जस्तै ।
अनि बर्सिन्छ प्रेमीहरुको ढड्कनमा जो कोमलतालाई कठोरता जत्तीकै प्रेम गर्छन्।
ढुङ्गाहरु जुनलाई हरेर अघाएका पेटहरुलाई कुल्चने रोड बनिदिन्छन्-मानौ उनिहरुले बिर्सिए भोकलाई वा बर्षौ देखि गाँउबाट परदेशीएकाका पदचापहरु पर्खिरहेका गोरेटोहरुलाई।
ढुङ्गाहरु बाध बनिदिन्छन् र मृ्त्युले जिन्दगी सोसे जसरी सोसीदिन्छ खेतहरुको प्राण-जस्तो की देशको झण्डा बाट कसैले खोसीदियो बलिरहेका चन्द्र सुर्य।
ढुङ्गाहरु सरकार बनिदिन्छन् र हाम्रा आवसेक्तालाई मन्त्र बनाएर सुम्पिदिन्छ पेटीमा बसेर पैसाको निम्ति भविष्य बताउनेको हातमा हाम्रो बर्तमान।
हो !
ढुङ्गाहरु त्यति खेरै सुन्दर हुन्छन जब ढुङ्गा हुन्छन्।

-रसिक राज

Comments