Skip to main content
राजनिती --- Bikash Roka Magar
राजनिती
एकदिन
सिहंले मृगलाई भन्यो -
हामि फेरी मित्र बनौँ ।
निरीह मृग
सहमतिमा हल्लायो टाउको ।
र
संगै पसे जंगलको कालो ओडार भित्र ।
तर एकछिन पछि
सिंह एक्लै निस्कियो बाहिर ।
बिचरा हामी मृग जस्तो
के हर पटक यसरी एक्लै सिंह बाहिर निस्कनु जायज छ ?
Comments
Post a Comment