"चिप्लेकिरा "--- कपिल मेोन

"चिप्लेकिरा"
प्यारी
जिवनको ला........मो संस्करणमा
म चिप्लेकिरा हिंडिरहेछु!!!!!
जब आफैंले आफ्नो गति नाप्न थालें
जब आफैले आफ्नै पाइला गन्न थालें
तब मात्र सताब्दिदेखुन चलिआएको जीवन
मेरा इ फगत पाइलाभन्दा ठूलो रैनछ भन्ने बुझें!
चिप्लेकिराका बाटा हरुमा
कुनै आरोह अबरोहले खेल्दारैन्छन पैंठेजोरी
कुनै सत्यले पार्दोरैन्छ शरीर निस्तेज
कुनै सब्दको भकारिले
खोज्दोरैन्छ कुकुर कबिता
कुनै लासले माग्दोरैन्छ अग्निको भिख
कुनै जिवनले खोज्दो रैन्छ मृत्युको सत्य
प्यारी,
चिप्लेकिराको बाटोमा
मैले कोहि मानिसको पदचाप भेटिन
अंह भेट्दै भेटिन
जब पछाडी फिरेर हेरें तब देखें
मानिसहरु चिप्लेकिराको पाइला
पछयाउदै दौडिरहेछन!!!
प्यारी मलाई बस यती सोध्नु छ कि
तिमिले यो कबिता
मानिस भएर पढ्यौ
या
चिप्लेकिरा!!!!
©कपिल_मौन

Comments