चिता !---Narayan Pokharel

चिता ! जलिरहेको छ ! दाउरा र घ्यु को आगोको राखहरु उडिरहेको छ हावामा ! केहि आधा जलेकाटुक्राहरु ! वरिपरी मेरो नजिक म बाहेक अरु कोही नै थिएनन् ! सायद त्यो ठाँउ मसानघाट भएर होला ! हो , बाताबरण बोझिल थियो र धुँवा दमघोट .. मृत्यु त आखिर मृत्यु नै हो , चाहे जस्कै होस् ! फर्किएँ अब प्रेमको अन्तिम यात्राबाट , उस्का सबै पत्रहरु जलाएर ! बाँकि छ त बस् महसुस र यादहरुका पिण्डदान ! दिललाई थोरै आराम हुन्छ अब ! मेरो चिताको राखमा के हेर्छौ अब तिमी ? ए मलामीहरु तिमीहरु फर्क अब , तिमीहरुले देख्छौ त अब राख अनी केहि अर्ध जलेको दाउराहरु खरानीका खातहरु , मेरो अर्ध जलेको शरिर ! तर तिमीहरुले देख्न पाउदैनौ मेरो अतृप्त ईच्छाहरु मेरो दुनिया सँग अपेक्षा , मेरो प्रेम , स्नेह मेरो घृणा र रिसहरु ! र अन्य भावनाहरु ... जुन चिताले अड्याउन सकेको छैन आगोले जलाउन सकेको छैन ! बिनासकारी शरिर नष्ट भयो , तर ति सपनाहरु , ईच्छाहरु घुम्दैछन् यतै कतै !!

Comments