चुरोट छाडेको दिन--- Sanjay Dev Bista

चुरोट छाडेको दिन
***
मेरै खुट्टाले खादीएको त्यो माटोले 
मलाई मौन गालीगलौच गर्यो 
मैले चुरोट छाडेको दिन। 
*
भोकाएका पातहरु
तिर्खाएका जराहरु
मूर्ख कालिदास भन्दै होलान
आफ्नै खुट्टा कट्दैछ भन्दै
यो कृषी बैज्ञानिक ।
*
सायद ती फ्यक्टिरी शोकमग्न छन
मेसिनहरुले खट्खट गर्न बन्द गरे
हेडक्वाटरको डिलर तनावग्रस्त
शाह घुम्ती
अनि मनिस किराना
ठप्प भएको हुनुपर्छ
मैले चुरोट छाडेको दिन।
*
कलेटि ओठ गुलाबी ओठको कल्पना गर्न थाले
जिब्राहरु थर्थराउन छाडे
तर्सनै बिर्सिए जोर फोक्साहरु
न्यूनरोनहरु सुस्त भएको हुनुपर्छ
गिदिका थुप्राहरु
क्ष्यनिक छारे रोगबाट मुक्तभए
अनि
मुखदर्शक भो यो कृषि बैज्ञानिक ।
*
म ती हजार खिल्लीहरुको ऋणी छु
कृतज्ञ छु ठोसिने यस्ट्रेप्रती
मैले बिद्रोह गरेको छु
उनिहरुबिरुद्ध
तब पो त
मैले आफैले उब्जाउ गरेको
मेरो उन्नत टोबाकोले मलाइ तथानाम गाली गर्यो
म फगत कृषि बैज्ञानिक
मैले आफ्नै खुट्टामा बन्चरो हाने
मैले चुरोट छडेको दिन।

Comments